पूर्वी र पश्चिम नवलपरासीको सीमानाका तीन दिन बन्द हुने

जेष्ठ १०, २०८१ | काठमाडौं

पूर्वी र पश्चिम नवलपरासीको भारतीय सिमानाका तीन दिनका लागि बन्द हुने भएको छ ।

भारत बिहारको वाल्मिकी नगर र चम्पारणमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सिमानाका आजबाट बन्द भएको हो ।

बिहान ६ बजेदेखि जेठ १२ गते बेलुका ६ बजेसम्म जिल्लाका सबै नाका बन्द हुने पूर्वी र पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर कुवँरले भारतमा हुन लागेको लोकसभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको बताउनुभयो ।

यसैबीच, भारतसँग जोडिएको पर्साका सीमानाका पनि तीन दिनका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लोकसभा निर्वाचनलाई ध्यानमा राखेर गर्दै ४८ घण्टा अघिदेखि नै भारतसँग जोडिएका जिल्लाका सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया