नवलपरासीमा ६ वर्षदेखि पुल अलपत्र पर्ने ठेकेदारलाई कारवाही गर्न प्रशासनलाई पालिकाको आग्रह

जेष्ठ ३१, २०८१ | कावासोती
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुंगे खोलामा निर्माणाधिन पुल अलपत्र पारेर ६ वर्षदेखि फरार रहेका ठेकेदारलाई कारवाही गर्न सम्बन्धित स्थानीय तहले माग गरेको छ ।
कावासोतीका मेयर बिष्णुप्रसाद भुसालले प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै फरार रहेका ठेकेदारलाई कारवाही गर्न माग गर्नुभएको हो ।
कावासोतीको वडा नम्बर ४ र ५ को सिमानामा रहेको केरुंगे खोलाको पुल निर्माण सुरु गरेपनि काम नसकेपछि ठेकेदार मनोज भट्ट फरार छन् ।
सो पुल निर्माण गर्न एडभेन्चर कन्सट्रक्सन कम्पनीले १० करोडमा ठेक्का लिएको थियो । १ सय ४० मिटर लम्वाइको पुल निर्माण २०७५ सालमा सुरु भएको थियो ।