मनसुनी प्रणाली समयमा सक्रिय नहुँदा तापक्रम उच्च हुँदै

असार १, २०८१ | काठमाडौं

काठमाडौं उपत्यकामा समेत पछिल्लो समय अत्याधिक गर्मी महसुस हुन थालेको छ । मनसुनी प्रणाली समयमा सक्रिय नहुँदा तापक्रम उच्च हुँदै गएको हो ।

सामान्यतः जुन १० बाट मनसुन सुरु हुने भएपनि काठमाडौं, ललितपुर र भक्तपुरमा वर्षा हुन सकेको छैन । मनसुनी प्रणाली सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पश्चिम तराईका क्षेत्रमा समेत तापक्रम अझै बढ्ने मौसम पूर्वानुमान गरिएको छ ।

बढ्दो शहरणीकरण, घना बस्ती र हरियाली क्षेत्रहरु पर्याप्त नहुँदा काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश स्थानमा तापक्रम उच्च हुँदै गएको हो ।

काठमाडौं उपत्यकामा आज अधिकतम ३१ डिग्री सेल्सियस मापन गरिएको छ ।  


प्रतिक्रिया