खोटाङमा ५६ प्रतिशत रोपाइँ सम्पन्न
असार ३०, २०८१ | खोटाङ
खोटाङमा ५६ दशमलव १९ प्रतिशत धान रोपाइँ सकिएको छ ।
आइतबारसम्मको विवरण अनुसार पाँच हजार छ सय २८ दशमलव ९४ हेक्टरमा धान रोपाइँ सकिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६२ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा २२, जन्तेढुङ्गा गाउँपालिकामा २७ प्रतिशत रोपाईँ सकिएको छ ।
यस्तै बाराहापोखरी गाउँपालिकामा ७०, खोटेहाङ गाउँपालिकामा ५०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपालिकामा ५०, रावाबेसी गाउँपालिकामा ३५, केपिलासगढी गाउँपालिकामा ४० र ऐसेलुखर्क गाउँपालिकामाु ६५ प्रतिशत धान रोपाइँ सकिएको छ ।
गत वर्ष यो बेलासम्म ३३ दशमलव ५ प्रतिशत धान रोपिएको थियो । जिल्लामा दश हजार १८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएको छ ।