बैशाखयता पूर्वी नवलपारासीमा विपद्जन्य घटनामा परि ९ जनाको मृत्यु

भाद्र ७, २०८१ | नवलपरासी

पूर्वी नवलपरासीमा पछिल्लो ४ महिनामा विपद्जन्य घटनामा परि ९ जनाको मृत्यु भएको छ ।

 १० वटा घर पूर्णरुपमा नष्ट भएका छन् । गत वैशाखदेखि भदौ ४ गते सम्ममा आगलागीको कारण ३ जना, बाढी पहिरोमा परेर ४ जना, चट्याङ्ग लागेर १ जना र हावाहुरीकका कारण १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी बेद बहादुर पौडेलका अनुसार विभिन्न प्राकृतिक विपद्मा परेर ९ जनाले ज्यान गुमाएका हुन् । पूर्वपश्चिम राजमार्ग तथा सहायक मार्गमा १८ पटक सडक अवरुद्ध भएको थियो । नवलपुर जिल्ला प्राकृतिक विपद्को दृष्टिकोणले उच्च जोखममा पर्दछ । 

आठ वटा पालिकाको ३४ वटा वडा मनसुनको समयमा बाढी तथा पहिरोको कारणले हुने जनधनको क्षतिको उच्च जोखिममा छन् । मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाको चार चार वटा वडा विप्दको उच्च जोखिममा छन् । 


प्रतिक्रिया