एक महिनामा पश्चिम नवलपरासीबाट १ सय २६ फरार प्रतिवादी पक्राउ

पुस ७, २०८१ | परासी

पश्चिम नवलपरासीमा एक महिनाको अवधिमा १ सय २६ जना फरार प्रतिवादी पक्राउ परेका छ्न । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै सञ्चालन गरि उनीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको हो ।

 प्रहरीले गत मंसिर ६ गते देखि हिजोसम्म सो अभियान मार्फत १ सय २६ जना लाई पक्राउ गरेको हो । 

 अदालतबाट कैद र जरिवाना फैसला भएर फरार भएका प्रतिबादी पक्राउ गरेर ४८ बर्ष १ महिना २७ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना असुल गरिएकोे जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजाराम यादवले बताउनुभयो । 

चालू आर्थिक वर्षको पुष ५ गते सम्ममा ३ सय ४६ जना फरार प्रतिबादी पक्राउ गरीएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया