समस्तीपुर दुर्घटनाः घाइते एक जनाको मृत्यु

भाद्र १४, २०८१ | बारा

६ दिनअघि भारतको समस्तीपुरमा भएको नेपाली तीर्थालु सवार बस दुर्घटनामा परी घाइते भएका एक नेपालीको मृत्यु भएको छ ।

बाराको बारागढी गाउँपालिकाका ६२ वर्षीय किशोरीराम महरा चमारको उपचारको क्रममा गएराति पटनामा मृत्यु भएको हो । मुर्कीपालिस्थित प्रहरी कार्यालयका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक अमित कार्कीकाअनुसार चमारको समस्तीपुरमा उपचार हुन नसकेपछि पटना पाठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

समस्तीपुरमा भएको बस दुर्घटनामा चमारसँगै उनको परिवारका ४ जना घाइते भएका छन् । गत आइतवार तीर्थालु सवार बस भारतको बिहार राज्यमा पर्ने समस्तीपुरस्थित मिश्री घडारीमा एक ट्रकले पछाडिबाट ठक्कर दिएपछि बस दुर्घटनामा परेको थियो । दुर्घटनामा बसका चालक सहचालकसहित ४७ जना घाइते भएका थिए ।   


प्रतिक्रिया