लाड्ली मिडिया अवार्डबाट नेपालका पत्रकारद्धय भट्टराई र दाहाल सम्मानित हुने

भाद्र २२, २०८१ | काठमाडौं

दक्षिण एसियाली लाडली मिडिया अवार्डको चौथो संस्करणमा दुई नेपाली पत्रकारहरु सम्मानित हुने भएका छन् ।

लाड्ली मिडिया अवार्डको घोषणा गर्दै नेपालबाट पत्रकार कल्पना भट्टराई र विनिता दाहालले प्राप्त गर्ने भएका छन् ।

सो अवार्ड लैंगिक संवेदनशिलताका क्षेत्रमा कलम चलाउने भट्टराई र दाहाल सहित ७ देशका १४ जना महिला पत्रकारलाई सो अवार्ड प्रदान गरिने भएको छ । सो अवार्ड भारतको मुम्बईमा आगामी अक्टोबर ९ मा प्रदान गरिने भएको हो ।

भट्टराई निम्जिनको फेलो र फ्रिल्यान्सका रुपमा कार्यरत छन् भने दाहाल बीबीसीमा छन् । लैंगिक संवेदनशीलताका सवाललाई उजागर गर्न, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहलाई झक्झक्याउन तथा जनचेतनाका लागि योगदान दिनेका लागि सो पुरस्कार प्रदान गरिँदै आएको छ ।  


प्रतिक्रिया