आज विश्व दृष्टि दिवस

आश्विन २४, २०८१ | काठमाडौं

विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा दृष्टि सम्बन्धी समस्या रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

ति मध्ये धेरै बालबालिकाहरु आँखा उपचार सेवाबाट बन्चित रहेको जनाइएको छ ।

त्यस्तै, नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आंखाको समस्या देखिएको ११ लाख बालबालिका मध्ये करिब ७ लाखमा उपचारको पहुँचबाट वञ्चित भएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया