हुल–हुज्जत र सडक प्रदर्शन गरेर रास्वपाले अनुसन्धान प्रभावित पार्न खोज्योः काँग्रेस

कार्तिक ७, २०८१ | काठमाडौं

सत्तारुढ दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेका समर्थकले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित पार्न खोजेको जनाएको छ ।

काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको विज्ञप्तीमा “रास्वपाको सडक प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भएको” उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भएका गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको काँग्रेसको भनाइ छ ।

त्यस्तै काँग्रेसले प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्तिमाथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्नेमा आफूहरु प्रतिवद्ध रहेको जनाएको छ ।   


प्रतिक्रिया