काठमाण्डौंको ट्राफिक व्यवस्था दिनभरजसो अस्तव्यस्त

मंसिर ७, २०८१

राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउन भन्दै काठमाण्डौंमा जागरणसभा गरेको एमालेले जनाएको छ । एमालेले जागरणसभा मार्फत लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एकठाउँमा उभिन अपिल गरेको छ । काठमाडौंको भद्रकालीबाट र्‍याली सुरु भई सुन्धारा, बीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत भएको थियो ।

यसैबीच काठमाण्डौंमा विभिन्न तीन समूहले कार्यक्रम आयोजना गर्दा दिनभर जसो ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो । सहकारी पीडितहरूले माइतीघरमा प्रदर्शन गर्दा सो रुट भएर चल्ने सवारीसाधन प्रभावित बने । यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि आजै काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरेको छ । 


प्रतिक्रिया