विकास आयोजनाका लागि अहिले ऋण लिन हुँदैनः काँग्रेस

फाईल फोटो  

मंसिर ७, २०८१ | काठमाडौं

सत्तारुढ दल नेपाली काँग्रेसले विकास आयोजनाका लागि अहिले ऋण लिन नहुने जनाएको छ ।

चिनियाँ सरकारले गरेका प्रतिबद्धता अनुसार अनुदान कार्यान्वयन नभएको जनाउँदै काँग्रेसले अहिले चर्चामा आएको बीआरआई परियोजनाका लागि समेत अनुदान लिनुपर्ने जनाएको हो ।

काँग्रेसले अयोजना गरेको कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले चिनियाँ परियोजना वेल्ट एण्ड रोड इनिशियटिभ्स विआरआईबारे समेत काँग्रेसको दोहोरो नीति नभएको बताउनुभयो । कुनैपनि देशले दिने ऋण स्वीकार गर्न नहुने उहाँको भनाई थयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तरी छिमेक चीन भ्रमणको तयारी तिब्र भएसँगै बीआरआई परियोजनाको विषय चर्चामा आएको हो । सो बारे सत्तारुढ दलहरुबीच सहमति गरेर निर्णय लिइने सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।  


प्रतिक्रिया