एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल

मंसिर ७, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्नुभयो । 

देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने दाबी गर्नुभयो । कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न समेत अध्यक्ष दाहालले निर्देशन दिनुभयो । 


प्रतिक्रिया