रास्वपा सभापति लामिछानेलाई अनुसन्धान गर्न ५ दिन म्याद थप
मंसिर २७, २०८१ | काठमाडौं
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि फेरि ५ दिन म्याद थप भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धानका लागि म्याद थपेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोप छ ।
लामिछानेलाई कार्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन र ४ दिन गर्दै पछिल्लो पटक आज ५ दिनको म्याद थप भएको हो ।