तीनकुनेको खुला स्थानको जग्गाको मुआब्जाका लागि सरकारले पहल गरेनः बालेन्द्र शाह
पुस १२, २०८१ | काठमाडौं
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंको तीनकुनेस्थित खुला स्थानको जग्गाको मुआब्जाका लागि सरकारले कुनै पहल नगरेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आयोजित कोटेश्वर महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख शाहले लामो समय हुँदा समेत स्थानीयलाई जग्गाको मुआब्जा दिन सरकारले पहल नगरेको बताउनुभयो । राजनीतिक अस्थितरतालाई देखाएर स्थानीयको समस्या समाधानका लागि सरकारले पहल नगरेको उहाँको भनाई छ ।
बहुमतको सरकार गठन भएका बेला समेत मुआब्जा वितरणका लागि पहल हुन नसकेको उहाँको भनाई थियो ।
सरकारले २०३१ सालमा तीनकुनेको सो जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । तत्कालीन समयमा स्थानीयलाई मुआब्जा नदिएपछि अदालतले मुआब्जा दिन आदेश दिएको थियो ।
जग्गा अधिग्रहणको केही वर्षपछि सरकारले मुआब्जा दिने प्रयास गर्दा जग्गाको भाऊ बढिसकेको भन्दै स्थानीयले मुआब्जा नलिने बताएपछि विवाद समाधान हुन सकेको छैन ।