अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रव्यदृश्य सामग्री झिकाउने आदेश

पुस २३, २०८१

सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रव्यदृश्य सामग्री झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले सो आदेश दिएको हो । 

कानुन व्यवसायी अध्यक्ष घिमिरेका तर्फबाट बहस गर्न तयार भएपनि अदालतले श्रव्यदृश्यको छांयाकन ÷अभिलेख हेर्ने भनेर आदेश गरेको बारकी महासचिव अञ्जिता खनालले बताउनुभयो । बार अध्यक्ष घिमिरेले सर्वोच्चको न्यायाधीश नियुक्तिमा लेनदेन भएको दाबी गर्दै अभिव्यक्ति दिएको भन्दै गत असोज १४ गते सर्वोच्च प्रशासनका तर्फबाट उपरजिष्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेलना निवेदन दर्ता गराउनुभएको थियो । 

सो निवेदनका आधारमा बारका अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा अगाडि बढाइएको थियो । न्याय परिषद्ले गत असोज ११ गते सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष घिमिरेले लेनदेनका आधारमा यो निर्णय भएको आरोप लगाउनुभएको थियो । 


प्रतिक्रिया