डिङ्गे काउन्टी भूकम्पः ४ सय बढीको उद्दार
पुस २४, २०८१ | काठमाडौं
भूकम्प प्रभावित तिब्बतमा भग्नावशेषमा फसेका ४ सय बढी मानिसलाई उद्दार गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।
भग्नावशेषमा अझै धेरै मानिस फसेको हुन सक्ने आशंका गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गे काउन्टीमा हिजो बिहान ६ बजेर ५० मिनेटमा ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पका कारण तिब्बतका सिगात्से क्षेत्रका ३ हजारभन्दा बढी घरहरु भत्किएका छन् । भूकम्पमा परि १२६ जनाको मृत्यु भएको थियो भने १८८ जना घाइते भएका छन् ।