विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रिय कार्यालय स्थापना

माघ २१, २०८१

संखुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्व विद्यालयको केन्द्रिय कार्यालय स्थापना गरिएको छ । अरुण उपत्यका भित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर आज जिल्ला समन्वय समितिको भवनमा केन्द्रिय कार्यालय उद्घाटन गरिएको हो । 

विश्व विद्यालयका अध्यक्ष डा अर्जुन कार्कीले कार्यालयको उद्घाटन गर्दै विश्व विद्यालयको स्थापनाका लागि भइरहेको प्रयास, पहलप्रयत्न र हालसम्मको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यालय स्थापना संगै विश्व विद्यालयका काम अघि बढेको उहााले बताउनुभयो । खाँदबारी नगरपालिका ९ को ढुंगे विसौनामा ५ सय रोपनी जग्गा समेत विश्व विद्यालयका लागि अधिग्रहण गरिसकिएको छ । 


प्रतिक्रिया