पूजा महतो यु–१९ विश्वकपको उत्कृष्ट १२ खेलाडीको सूचिमा
माघ २१, २०८१ | काठमाडौं
नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो यु–१९ विश्वकपको उत्कृष्ट १२ खेलाडीको सूचिमा परेकी छन् । हिजो सकिएको विश्वकपमा सहभागी खेलाडीमध्ये उत्कृष्ट १२ मा पूजा परेकी हुन् ।
आइसीसीका अनुसार टोलीमा पर्ने एसोसिएट राष्ट्रको खेलाडीमा पूजा एक्ली हुन् । उनले विश्वकपका ५ खेलमा ७० रन बनाएकी थिइन् । त्यस्तै, पूजाको नाममा ९ विकेट समेत रह्यो । उत्कृष्ट खेलाडीको सूचिमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङल्याण्डका २ तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान १ खेलाडी परेका छन् ।
विश्वकपको उपाधि भारतले जितेको थियो । विश्वकपमा पहिलो पटक खेलेकोे नेपालले समूह चरणका तीन म्याचमा पराजय व्यहोरेको थियो । नेपालले प्लेअफमा आयोजक मलेसियालाई पराजित गरेको थियो ।