सरकार र पाथीभरामा केबलकार निर्माण विरुद्ध आन्दोलनरत समूहबीच वार्ता सुरु

माघ २१, २०८१

सरकार र पाथीभरामा केबलकार निर्माण विरुद्धमा आन्दोलनरत समूहबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत समूहले बनाएको वार्ता सहजीकरण समितिबीच ललितपुरस्थित एक होटलमा छलफल जारी रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठनगरेको छ भने आन्दोलनरत समूहले अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरेको छ । योसँगै विगत पाँच वर्षदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनका लागि प्रकृया सुरु भएको छ । 

आफुहरुको मूख्य माग राजनीतिक तहवाट मात्रै पुरा हुने भएकाले आन्दोलनरत समूहले सहजीकरण समिति गठन गरेको जनाएको छ । 


प्रतिक्रिया