आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार लोकतन्त्रः प्रधानमन्त्री ओली

फाल्गुन ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दीगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार लोकतन्त्र भएको बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेको उल्लेख गर्नुभयो । सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।

सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेकाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुने उहाँको विश्ववास व्यक्त गर्नुभयो । बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढंगले अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 


प्रतिक्रिया