कलिङ्गा विश्वविद्यालय घटनाः मृतक लम्सालको नाममा नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने

फाल्गुन ८, २०८१ | काठमाडौं
छात्रावासमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा भारतको कलिंगा विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
सो विश्वविद्यालयले लम्सालको नाममा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति दिने जानकारी सामाजिक सञ्जालमार्फत् दिएको छ । सो विश्वविद्यालका प्रोफेसर अच्युत सामन्तले मृतक लम्सालकी परिवारका सदस्यलाई भेटेर उनको सपना जीवित राख्ने आश्वासन दिँदै छात्रवृति उपलब्ध गराउने बताउनुभएको छ ।
छात्रवृतिले धेरै प्रतिभाशाली विद्यार्थीलाई विना अवरोध अध्ययनका लागि सहयोग पुग्ने विश्वविद्यालयको भनाइ छ ।
