कलिङ्गा विश्वविद्यालको घटना कूटनीतिक माध्यमबाट समाधान भयोः पराराष्ट्रमन्त्री राणा

फाल्गुन ८, २०८१ | काठमाडौं
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताउनुभएको छ ।
ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे सञ्चारकर्मीसँग उहाँले नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि पहल गरेको समेत बताउनुभयो ।
मन्त्री राणाले सो घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी दिनुभयो ।