प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

फाल्गुन ७, २०८१

सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिको सम्मानमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा घोषणा गरिएको पुरस्कार टेलिमेडिसिन क्षेत्रमा डा. छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनमा डा विराजसिंह थापा, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ आभाष मास्के र हरिराम श्रेष्ठलाई दिइने भएको छ । 

चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल, खेलकुदतर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी तथा मानवसेवा र समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारीलाई पुरस्कृत गरिने भएको छ । विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने बताइएको छ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ सालमा मन्त्रिपरिषद् बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । 


प्रतिक्रिया