न्यूनतमभन्दा कम पारिश्रमिक दिएर काम लगाए दण्डनीय हुनेः प्रधानमन्त्री ओली

फाल्गुन २०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा आज आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव नपाइरहेको गुनासो सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा कम पारिश्रमिक दिएर काम लगाउन नपाइने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले परिवर्तनको मर्म अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।