आजका मुख्य समाचारः २०८१ फागुन २०

फाल्गुन २०, २०८१ | काठमाडौं
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको फैसला विरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन, विशेष अदालतबाट त्रुटिपूर्ण फैसला भएको दावी
दलहरुबीच सहमति नभएपछि भूमिसम्वन्धि अध्यादेश रोक्दै अन्य ५ अध्यादेश संसदमा अघि बढाउने सरकारको तयारी, प्रतिनिधिसभाको भोलिको बैठकमा स्वीकृतिका लागि प्रस्ताव गरिने
मुलुकमा व्यक्ति हत्याको घटनामा वृद्धि, कोशी प्रदेशमा सबैभन्दा बढी घटना, परिवारकै सदस्यबाट हत्या हुने प्रवृत्तिले असुरक्षाको भाव बढ्दै
सैन्य सहायता रोक्न राष्ट्रपति ट्रम्पले आदेश दिएपनि अमेरिकासँग सम्बन्ध सुमधुर बनाउन प्रयास गर्ने युक्रेनको भनाइ
र
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाद्वारा भारतसामु २ सय ६५ रनको लक्ष्य पेश