च्याम्पियन्स ट्रफीः सेमिफाइनलमा अस्ट्रेलियाद्वारा भारतविरुद्ध २ सय ६५ रनको लक्ष्य पेश

फाल्गुन २०, २०८१ | काठमाडौं
च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतविरुद्ध २ सय ६५ रनको लक्ष्य पेश गरेको छ ।
संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अस्ट्रेलियाले टस जितेर ४९ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ६४ रन बनाएको हो । उसका लागि ओपनर ट्राभिस हेडले ३९, स्टिभ स्मीथले ७३ तथा एलेक्स केरीले ६१ रनको अर्धसतकिय इनिङ्स खेले ।
भारतका लागि मोहम्मद शामीले ३, रविन्द्र जडेजा र वरुण चक्रवतीले समान २–२ विकेट लिए ।भारतीय टोली अहिले जवाफि ब्याटिण्मा छ । प्रतियोगिताको आयोजक पाकिस्तान भएपनि भारतीय टोलीले पाकिस्तान भ्रमण नगर्ने जनाएपछि खेल दुबईमा भएको हो । भारत समूह ‘ए’ को विजेता तथा अस्ट्रेलिया समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल पुगेका हुन् ।