पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गोरखकाली मन्दिरमा पूजा अर्चना

चैत्र ९, २०८१ | काठमाडौं
पछिल्लो समय धार्मीक भ्रमणमा व्यस्त भएका पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुग्नुभएको छ ।
राजतन्त्र पक्षधरको गतिविधि बढिरहेका बेला पूर्वराजा शाह धार्मीक भ्रमणमा व्यस्त हुनु भएको हो । भ्रमणका क्रममा गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आज शाहले पूजा अर्चना गर्नुभएको छ ।
गोरखकाली मन्दिरमा पूजा अर्चनापछि संक्षिप्त रुपमा प्रतिक्रिया दिँदै पूर्वराजा शाहले अहिले देशमा शान्ति चाहिएको बताउनुभयो । यसैबीच, राजतन्त्र पक्षधर केही समूहले काठमाडौंको दरवारमार्ग क्षेत्रमा आज प्रदर्शन गरेका छन् ।