पूर्वराजा शाहलाई पार्टी खोलेर राजनीतिमा आउन देउवाको सुझाव

चैत्र १०, २०८१
नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिनुभएको छ ।
काठमाडौंमा आज आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक नभएको टिप्पणी समेत गर्नुभयो । पूर्व राजा शाहलाई आफूले राम्रोसँग चिनेको देउवाले उल्लेख गर्नुभयो ।
राजतन्त्रको पक्षमा रहेको राप्रपाले पछुताउने दिन आउने उहाँको भनाइ थियो । राजावादी दल र समूहको गतिविधि बढिरहेका बेला प्रमुख दलका नेताहरुले पूर्व राजाविरुद्ध चर्काे अभिव्यक्ति दिइरहेका छन् ।