विकास र समृद्धिका लागि सरकारले काम गर्नुपर्छः राष्ट्रपति पौडेल

चैत्र १०, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिका लागि सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले उपलब्ध स्रोतसाधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र संवैधानिक उद्देश्य प्राप्त हुने बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपति पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिमा देश अगाडि बढेको दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा देखा परेका समस्या समाधान गर्दै सरकारले काम अगाडि बढाएको समेत बताउनुभयो । उहाँले डिजिटल नेपालको नारा आफूले शुरु गरेको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको दावी गनुएभयो । प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो ।