इलाममा १३ वर्षीया बालिकाको बलात्कार प्रकरणमा चार जना पक्राउ

चैत्र ११, २०८१
इलामको माइ नगरपालिका–४ मा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ परेका छन् । बलात्कारको घटना सार्वजनिक हुन र पीडितलाई अदालत जान रोक्ने उद्देश्यले ३ लाख रुपैयाँ नगद दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला अनुसन्धान सुरु गरिएको प्रहरीले प्रहरीले जनाएको छ । स्थानीय २४ वर्षीय एक युवकले गत बुधवार १३ वर्षीया बालिकालाई प्रलोभनमा पार्नुका साथै डर, धाक देखाएर बलात्कार गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा पीडक फरार भएका थिए । त्यही बेला युवकका एक जना छिमेकीले पीडित पक्षलाई बोलाई ३ लाख रुपैयाँ दिएको खुलेको छ । प्रहरीले उक्त रकम अनुसन्धानका क्रममा पीडितकी आमाबाट बरामद गरेको हाम्रा सहकर्मीले जनाएका छन् । आफूलाई प्रभाव र दबाबमा पारी घटना मिलाउन खोजेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।