भूमिसम्बन्धी अध्यादेश सम्बन्धी नियमित विधेयक ल्याउने सत्तारुढ दलहरुबीच सहमति

चैत्र १३, २०८१
भूमिसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित नहुने भएपछि नियमित विधेयकको रुपमा ल्याउन सत्तारुढ दलहरुले सहमति गरेका छन् । भूमिसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका लागि समय अभाव भएको भन्दै छुट्टै विधेयक ल्याउन उनीहरु एकमत भएका छन् । सत्तारुढ दलको बैठकपछि नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भूमि सम्वन्धि नियमित विधेयक ल्याइने बताउनुभयो ।
यसैबीच, सत्तारुढ दलहरुले जसपा नेपालको चासोलाई सम्वोधन गरी भूमिसम्वन्धि विधेयक ल्याउने सहमति गरेका छन् । त्यसबारे जानकारी दिदै कंग्रेसका प्रमुख सचेतक घिमिरेले भन्नुभयो ।
सत्तारुढ जसपा नेपालले भूमिसम्वन्धि अध्यादेशमा विमत्ति जनाएपछि सरकारले यसअघि ल्याएका अन्य ५ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक मात्र संसदमा अघि बढाएको थियो ।