राजावादी प्रदर्शनः मिडियामाथि आक्रमण

चैत्र १५, २०८१

राजावादी प्रदर्शनकारीले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण मिडिया हाउसको कार्यालयमा आक्रमण गरेका छन् ।  

मुख्य सडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहँदा भित्री सडकमा प्रवेश गरेका उनीहरुले कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा प्रहार गरेका थिए । 

त्यस्तै, उनीहरुले अन्नपूर्ण मिडियामा तोडफोड गर्दै आगजनीको प्रयास गरेका थिए । प्रदर्शनकारीले तीनकुने र कोटेश्वर क्षेत्रमा केही सवारी साधनमा आगजनी गरेका छन् । 


प्रतिक्रिया