रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए लामिछाने

चैत्र १७, २०८१ | काठमाडौं

सहकारी ठगी लगायतको आरोप लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापतिको जिम्मेवारीमा फर्किनुभएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार भोलि केन्द्रीय समितिको बैठक लामिछानेको अध्यक्षतामा बस्नेछ । 

भोलिको पहिलो बैठकमा कार्यवाहक सभापतिबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिको अध्यक्षतामा दोस्रो बैठक बस्ने उहाँले बताउनुभयो । बैठकमा पार्टी र पछिल्लो राजनीतिक गतिविधि, सदनको कामकारवाही तथा सदस्यहरुबाट आ–आफ्नो संक्षिप्त रिपोर्टिङ हुने जनाइएको छ । 

आफूविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि गत पुस ८ गते लामिछानेले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिनुभएको थियो । लामिछाने विभिन्न अदालतमा धरौटी बुझाएर छुट्नुभएको छ ।


प्रतिक्रिया