एनएसएलमा चितवनको विजयी सुरुवात, पोखरा २–० गोलले पराजित

चैत्र १८, २०८१ | काठमाडौं
काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा एफसी चितनवले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । चितवनको जितमा १६ औं मिनेटमा विदेशी खेलाडी नोडिर म्याभलोनोभ अन्तिम समयमा थपिएको अतिरिक्त समयमा निरज चौधरीले गोल गरे ।
जारी प्रतियोगितामा भएको यो पहिलो जित समेत हो । यसअघि हिजो भएको खेलमा झापा एफसी र बुटवल लुम्बिनी क्लबबीच गोलरहित बराबरी भएको थियो भने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटीबीच समेत २–२ गोलको बराबरी भएको थियो ।
जारी प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी एफसी गरी सात टोली सहभागि छन् ।