भोलि सार्वजनिक विदा

चैत्र १७, २०८१

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी सूचनामा नेपाल राजपत्रमा यसअघि नै प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । 


प्रतिक्रिया