चितुवाको आक्रमणबाट बाजुरामा एक बालकको मृत्यु

चैत्र १८, २०८१ | बाजुरा

चितुवाको आक्रमणबाट बाजुरामा एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको हिजो साँझ मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया