तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न राप्रपाको माग

चैत्र १८, २०८१ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो घटनाको छानविनका लागि आयोग बनाउनुपर्ने माग गर्नुभएको हो ।

 हिंसात्मक प्रदर्शनमा आन्दोलनकारीलाई मात्र दोष दिन नहुने र सडकमा हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार गरिएको घटनामा सरकारले जवाफ दिनुपर्ने लिङ्देनको भनाइ थियो । उहाँले गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाउँदै जनताले चाहे राजसंस्था आउन सक्ने दाबी गर्नुभयो । यसैबीच, सभामुख देवराज घिमिरेले तीनकुने घटनापछि राप्रपाका सांसद धवलशमशेर राणा पक्राउ परेको र प्रहरी हिरासतमा राखेर भइरहेको अनुसन्धानबारे संसदलाई जानकारी गराउनुभएको छ । 

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भ्रातृ संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । काठमाडौंको तीनकुने घटनामा राज्य पक्षले दमन गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले पार्टीका नेता रविन्द्र मिश्र र धवलशमशेर राणालाई झुटा मुद्दामा पक्राउ गरिएको भन्दै अविलम्ब रिहाको माग राखेका छन् । 


प्रतिक्रिया