काठमाण्डौको वायु गुणस्तर विश्वकै खराब अवस्थामा

चैत्र १८, २०८१ | काठमाडौं

काठमाण्डौको वायुको गुणस्तर खराब अवस्थामा पुगेको छ । पछिल्लो मापन अनुसार काठमाडौंको वायु विश्वकै प्रदूषित भएको हो । 

आईक्यू एअरका अनुसार काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ । काठमाण्डौको वायु प्रदूषणको सूचकाङ्क २ सय ५३ पुगेको आईक्यू एअरले जनाएको छ । सामान्यतयाः एक्यूआई १ सय ५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ । लामो समयसम्म पानी नपरेका कारण वायु प्रदुषण बढेको हो ।


प्रतिक्रिया