बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्र

चैत्र १८, २०८१ | काठमाडौं
बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्रे सडक निमार्ण भएको छ । दाउन्ने–गैंडाकोट खण्डको ६३ किलोमिटर मध्य एकतर्फको ५० किलोमिटर कालोपत्रे गरिएको हो ।
सो खण्डमा सबैभन्दा बढी यात्रुले सास्ती भोग्नुपर्ने दाउन्ने सडकखण्डमा ४ किलोमिटर र घुमाउरो घुम्तीमा ४ किलोमिटर सडक वर्षा अगाडि नै ढलान गरिने आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।
वर्षा अगाडि नै पूर्वी खण्डको ६३ किलोमिटरमा एकतर्फी कालोपत्रे सम्पन्न गर्ने गरेर कामलाई तिव्रता दिइएको आयोजनाले जनाएको छ । ४० महिनामा सम्पन्न हुनुपर्ने सडक विस्तारको काम ६ वर्षमा ५८ प्रतिशत मात्र सम्पन्न भएको छ ।