एमालेसँग एकता सम्भव छैनः माधव नेपाल

चैत्र २६, २०८१ | काठमाडौं

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको एकता सम्भव नभएको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा संचारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले एमालेसँग एकता कुनै हालतमा सम्भव नभएको जिकिर गर्नुभयो । 

अर्को प्रसंगमा राजतन्त्रवादीहरुले केही समय यता रवाफ देखाइरहेको टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राजतन्त्र फर्किने विषय दिवासपना मात्रै भएको दाबी गर्नुभयो । 


प्रतिक्रिया