पहिरोले कर्णाली करिडोर अवरुद्ध

चैत्र २८, २०८१ | कालीकोट
गएरातिको वर्षाले कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालु–लैफु सडकखण्ड अवरुद्ध भएको छ ।
हिजो बेलुकीदेखिको वर्षाले करिडोरमा पर्ने सान्नीत्रिवेणी–३ सिस्नेगडा, रास्कोट–८ मा पर्ने भात्तडी र पचाल झरना–८ जारकोटमा पहिरो खसेर करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताउनुभयो ।
करिडोरको ३ ठाउँमा पहिरो खसेको छ । पहिरो पन्छाउन डोजरको व्यवस्थापन भईरहेको उहाँले जानकारी दिनुभयो । करिडोरमा पहिरो गएपछि यात्रु बाहक तथा मालबाहक गाडी बाटोमा रोकिएका छन् ।