आवासीय चिकित्सकहरुको आन्दोलन आजपनि जारी

वैशाख २१, २०८२ | काठमाडौं

एक महिनादेखि आन्दोलनरत आवासीय चिकित्सकहरुले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् ।

 वैशाख ११ गतेदेखि आन्दोलनमा रहेको चिकित्सक संघले हिजो सरकारसँग सहमति गरेर काममा फर्किए पनि उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका आवासीय चिकित्सकले भने सो सहमतिप्रति असन्तुष्टि जनाएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आफूहरुसँग कुनै पनि सहमति नभएको जनाउँदै आन्दोलन यथावत राखेको समितिका प्रवक्ता डा. संजय बरालले जानकारी दिनुभयो । 

विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय तथा अन्य चिकित्सकहरुले मासिक तलब आठौं तह बराबर हुनुपर्ने र ४८ हजार रुपैयाँ निर्वाह भत्ता पाउनुपर्ने तथा ड्युटीको समयावधि तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।    


प्रतिक्रिया