कालिङ्गा विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण

वैशाख २१, २०८२

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिसास्थित कालिङ्गा विश्वविद्यालयमा अध्ययरत छात्रा प्रिशा साहको मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

आज बसेको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले सो प्रकरणबारे प्रश्न उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना भइरहनु दुःखद भएको उहाँले बताउनुभयो । 

नेपाल र भारत दुबै देशले कूटनीतिक माध्यममार्फत् घटनाको कारणबारे खोजी गर्नुपर्ने र आगामी दिनमा त्यस्ता घटना नहुने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले मृतक छात्रालाई उचित न्याय प्रदान गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।


प्रतिक्रिया