पत्रकार सुरेश रजकको मत्युबारे अनुसन्धान गर्न पत्रकार महासंघद्वारा उच्चस्तरीय छानविन समिति माग

वैशाख २१, २०८२ | काठमाडौं
नेपाल पत्रकार महासंघले गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटना अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताएको छ ।
सुरेश रजक मृत्यु प्रकरणको अध्ययन गर्न बनेको महासंघको समितिले सो रायसहित प्रतिवेदन बुझाएको हो । महासंघले घटनाबारे अनुसन्धान गर्न उपाध्यक्ष उमिद प्रसाद बागचन्दको संयोजकत्वमा ७ सदस्यीय समिति अध्ययन समिति गठन भएको थियो ।
समितीले बुझाएको प्रतिवेदनमा रजकको मृत्यु शंकास्पद रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा घटनासँग जोडिएका शंकास्पद व्यक्तिहरुलाई विपक्षी बनाई ज्यानसम्बन्धी कसुरमा महासंघले किटानी जाहेरी दिनुपर्ने निष्कर्ष समेत निकालेको छ । महासंघलाई बुझाईएको प्रतिवेदनमा त्यस दिनको घटनाले पत्रकार तथा सञ्चारगृहहरूलाई त्रसित र आतंकित बनाएको उल्लेख गरिएको छ ।
यसैबीच, पत्रकार महासंघले २०८१ वैशाख २२ देखि २०८२ वैशाख १७ सम्मको अवधीमा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना भएको भएको बताएको छ ।