पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई सिफारिस गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

वैशाख २१, २०८२

द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले दलीय भागवण्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

उनीहरुले सिफारिस समितिले आफूहरुसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आयोग र यसको नियुक्ति प्रक्रियामा अविश्वास नगर्न आग्रह गर्नुभएको थियो । मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । 


प्रतिक्रिया