जुनमा हुने स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

वैशाख २७, २०८२ | काठमाडौं

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । 

कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख मात्र ब्याटर रहेका छन् । अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि टोलीमा स्थान बनाएका छन् । बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् । क्यानले लिग–२ अन्तर्गत सिरिजपछि हुने टी–२० आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । 

ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा छन् । नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । स्कटल्याण्ड ए सँग दुई अभ्यास खेल खेल्नेछ । लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।


प्रतिक्रिया