वन क्षेत्रको वैज्ञानीक प्रयोगबाट लाभ लिनुपर्छः प्रधानमन्त्री ओली

वैशाख २७, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका वन क्षेत्रको वैज्ञानीक प्रयोग गरि लाभ लिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वन पैदवारको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो । विशेषगरि सालको रुखको सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उमेर पुगेका रुखहरु काम नलाग्ने हुने भन्दै उहाँले उचीत समयमा पहिचान गरि लाभ लिनुपर्ने बताउनुभयो ।

नेपालका विभिन्न क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज र आरक्षहरुमा रहेका सबै प्रकारका रुख विरुवालाई नचलाउने तर अन्य जंगलबाट भने फाइदा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री ओलीले केहि समय अघि आफूले नेपालमा बाघको संख्या धेरै भएको भन्दै दिएको अभिव्यक्तिमा कतिपय विना आधार आफूमाथि टिप्पणी गरेको बताउनुभयो । बाघका संख्या धेरै हुँदा कतिपय अवस्थामा मानव वस्तीमा समेत आक्रमण हुने गरेको उहाँको भनाई थियो ।

वातावरणको संरक्षण मानव जातिका लागि गर्ने भएकाले मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न नसकिने उहाँको भनाई थियो । पेरिस सम्झौता नमान्ने केही देशहरु रहेको उल्लेख गर्दै उहाँले विश्व सहकार्यमा सबै आउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सो बारे महत्व बुझाउन समेत ढिलाई हुने भएकाले नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको स्पष्ट पार्नुभयो । 


प्रतिक्रिया