भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमती

वैशाख २७, २०८२ | काठमाडौं

भारत र पाकिस्तानबीच जारि युद्धविराम गर्ने सहमती भएको छ । अमेरिकाको मध्यस्थतामा दुई देशबीच युद्धविराम गर्ने सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सामाजिक सञ्जाल एक्समा दुई देशबीच युद्धबीरामको सहमति भएको उल्लेख गर्नुभएको छ । 

सहमतिपश्चात भारतीय विदेशमन्त्रीले समेत तत्काल युद्ध विराम गर्न सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । यस्तै पाकिस्तानका उपप्रधानमन्त्री इशाक दरले समेत युद्धविराम गर्न सहमत भएको प्रतिक्रिया दिएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पछिल्लो दुई दिनमा उपराष्ट्रपति जेडी भान्स, वरिष्ठ भारतीय तथा पाकिस्तानी अधिकारीहरूसँगै प्रधानमन्त्रीहरू, नरेन्द्र मोदी र सेहबाज सरिफसँग निरन्तर संवाद गरेको र दुई देशका सरकारहरूले युद्धविरामका लागि सहमति जनाएको पुष्टि गर्नुभएको थियो ।

यसअघि, भारत र पाकिस्तानले एक अर्का विरुद्ध आरोप प्रत्यारोप गर्दै क्षेप्यास्त्र प्रहार गरेका थिए । पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपश्चात दुई देशबीचको सम्बन्ध चिसिएको थियो । 


प्रतिक्रिया