राजावादी शक्तिद्वारा काठमाडौंमा मोटरसाइकल ¥याली

वैशाख २६, २०८२ | काठमाडौं

राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन घोषणा गरेका राजावादी शक्तिले काठमाडौंमा आज मोटरसाइकल ¥याली निकालेका छन् ।

काठमाडौंको सुकेधारादेखि बल्खुसम्म गरिएको ¥यालीमा राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता कार्यकर्ता सहभागी भएका थिए । आगामी जेठ १५ गतेबाट अनिश्चितकालिन आन्दोलनको घोषणा गरिएको भोलिपल्ट उनीहरुले प्रदर्शन गरेका हुन् । यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नीति तथा कार्यक्रममा व्यवस्था परिवर्तनको माग गर्ने शक्तिहरुको प्रतिवाद गर्ने बिषय उल्लेख हुनु ठिक नभएको बताउनुभएको छ ।

संविधानले नै राजतन्त्र र हिन्दू राष्ट्र बहालीका लागि आन्दोलन गर्ने अधिकार दिएको लिङदेनको भनाइ थियो । उहाँले राजतन्त्रको माग राखेर आन्दोलन गर्न प्रतिवन्ध लगाउन नमिल्ने बताउनुभयो ।

यसैबीच एमाले सांसद गोकुल बाँस्कोटाले राजा फर्काउन चाहानु समयको बर्बादी भएको बताउनुभएको छ । व्यवस्था परिवर्तनका लागि दुई तिहाइ ल्याउन उहाँले आग्रह गर्नुभयो ।

पछिल्लो समयमा संसदभित्र पनि राजतन्त्रवादी र गणतन्त्रवादीबीच आरोप प्रत्यारोप चल्दै आएका छन् । 


प्रतिक्रिया